स्याङ्जाको आँधीखोला गाउँपालिकाले नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याललाई एक कार्यक्रमका बीचमा सम्मान गरेको छ ।
मुख्य सचिव भएपछि पहिलो पटक गृह जिल्ला र मावली गाउँ आएका मुख्य सचिव अर्याललाई शनिवार आँधीखोला गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी बधाई ज्ञापनसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
मावली गाउँ बसेर पढेका मुख्य सचिव अर्याल आफू पढेको विद्यालय र पालिकाले आयोजना गरेको सो कार्यक्रममा कर्मचारीतन्त्र आलोचित रहेको बताउँदै आफू निजामती कर्मचारीको उच्च पदमा रहेको र आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने बताए ।
मुख्य सचिव अर्यालले ७७ जिल्ला नै हेर्नुपर्ने र आँधीखोला तथा आफूले अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राखी पालिका र जिल्लाको विकासमा सधैं सहयोग गरेको र अझ धेरै गर्ने बताउँदै आफ्नो कार्यकालमा सुशासन देश बनाउन पाइला चाल्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेल, शिक्षकहरु कृष्ण बन्दु पौडेल, एक नारायण पौडेल, मुख्य सचिवको श्रीमती मायादेवी अर्याल लगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो