पोखरा । विश्व मुटु दिवसको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा वृहत स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको चिकित्सकीय तथा प्राविधिक सहयोगमा स्वस्थ मुटु नेपाल, अन्नपुर्ण गाउँपालिका, टाईगर ग्रुप अफ पोखराले आइतबार आयोजना गरेको शिविरमा ३ सय ९१ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरे ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्वास्थ्य चौकीमा मुटु रोगीहरुको निःशुल्क स्वास्थ्य परिक्षण सहित १७१ जनाको ईको, २५० जनाको ईसिजी र २९१ जनालाई निःशुल्क अौंषधि वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले मुटुरोग विशेषज्ञ डा. सुर्य देवकोटालाई बिपी सेट दिएर शिविरको उद्घाटन गरेका थिए ।

अध्यक्ष केसीले निःशुल्क स्वास्थ्य शिविर घर आँगनमा आएको भन्दै यस महत्वपूर्ण अवसरलाई सदुपयोग गरी सेवा लाभ लिन गाउँबासीलाई आग्रह गरेका थिए ।
स्वस्थ मुटु नेपालका अध्यक्ष डा. सूर्य देवकोटाले जीवनशैली खानपानका कारण मुटुरोगी दिनहँु बढेको उल्लेख गर्दै यसबाट बच्न सबैले खानपानमा बिचार पुर्याउने, आवश्यक आराम गर्ने, चिन्ता नलिने र व्यायामको सन्तुलनले मुटु रोगमा नियन्त्रण गर्न सकिने बताए । मुटुरोग लाग्नाको कारण उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, धुम्रपान, मधुमेह(सुगर), तौलको असन्तुलन, ब्यायामको कमी, मद्यपान लगायत रहेको स्थानीयवासी समेत रहेका डा. देवकोटाको भनाई थियो ।

चरक मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले पोखरामा चरक मेमोरियल अस्पताल र पालिकाको सहकार्यमा यहाँका बिरामिहरुलाई छुटको व्यवस्था गर्ने र पालिकासँग सहकार्य गरेर सम्झौता गरी अघि बढिने बताए ।
कार्यक्रमलाई अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, ढिकुर पोखरी समाज, नेपाल रेडक्रस सोसाईटी कास्की, होटल पिस प्लाजा, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाण्डौ, जयन्ती मेमोरियल ट्रस्ट नेपालको पनि सहयोग रहेको थियो ।
अन्नपूर्ण गाउँपालिका कास्कीको स्थानीय व्यवस्थापनमा सचेतनामूलक कार्यक्रम सहित निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वस्थ मुटु नेपालका अध्यक्ष तथा मनमोहन कार्डियोथोरासिक भास्कुल। तथा ट्रान्सप्लान्ट सेन्टर काठमांडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटा सहितको १३ जना चिकित्सक सहित शिविरमा सहभागिता थियो । जसमा डा. दिनेश उप्रेती, डा. मदिना मियाँसाथै पोखरास्थित चरक मेमोरियल हस्पिटल प्रालिका डा. एस.के. जैसवाल, सन्देश प्रकाश पराजुली सहितको टोली थियो भने १६ जनाको प्राविधिक टोलीले सेवा उपलब्ध गराएको थियो ।
शिविर सुरु हुन भन्दा पहिले नौँडाडादेखि पालिकासम्म प्रभातफेरी भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसी, डा. सूर्य देवकोटा, टाईगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा, चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेल, नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष डण्डराज शर्मा, आमा समूह, विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रम टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भयो भने समापन कार्यक्रमको अध्यक्षता अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले गरे । कार्यक्रम संचालन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रमुख ऋषिराम पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ