पोखरा । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीजे दर खाने कार्यक्रम आयोजना गरे ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस एकाइ कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रमुख आमन्त्रित व्यक्तित्व नेकपाका केन्द्रिय सदस्य दिलु पन्तले पार्टीभित्र न्याय स्थापित गर्न लागिपरेको बताईन् । युवा संघकी पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेकी उनले विद्यार्थीहरु पढाईसँगै राष्ट्र निर्माणको अभियानमा लाग्नुपर्नेमा जोड दिईन् ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नंं १ अध्यक्ष शारदा पराजुली, अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव प्रविना अधिकारी, अखिल केन्द्रिय सचिवालय सदस्य सरिता पुरी लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीले नेकपाको दुई तिहाई बहुमत सरकारले एक वर्ष पुग्न लाग्दा समेत जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा समृद्ध मुलुक निर्माण अभियानमा होमिएका विद्यार्थीकै टाउको निहुराउनुपर्ने अवस्था आउन लागेको बताए । उनले जनताले ब्यालेटमा भोट हालेको न्याय माग्दा बुलेट खानका लागि होइन भन्दै पञ्च, राणा जस्तो शासनको झल्को कम्युनिष्ट सरकारमा हुनु दुःखद भएको बताए ।
क्रान्तिकारी क्याम्पस एकाई कमिटि संयोजक बसन्त भट्टचनले सञ्चालन गरेको कार्यक्रममा अखिल विद्यार्थी नेता सन्तोष न्यौपानेले स्वागत गरेका थिए ।

सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?