पोखरा । नेपाल रेडक्रस सोसाइटी, पोखरा १० उपशाखा अन्तर्गत लैंगिक तथा सामाजिक समावेशीकरण उपसमितिको आयोजनामा शुक्रबार भएको स्वास्थ्य परामर्श तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी (भीआईए) शिविरबाट करिब एक सय महिला लाभान्वित भएका छन् ।
पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले चिकित्सकीय सुविधा प्रदान गरेको उक्त शिविर शहरी स्वास्थ्य केन्द्र वडा नं. १० को समन्वय र राम मन्दिर महिला समूहको विशेष सहयोगमा सञ्चालन भएको कार्यक्रमकी संयोजक एवं लैंगिक तथा सामाजिक समावेशीकरण उपसमिति संयोजक लेखमाया पुनले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नं. १० का अध्यक्ष राजेश गुरुङले वडाले गर्नुपर्ने काम रेडक्रस सोसाइटीले गरेकोमा आभार व्यक्त गर्दै शिविर प्रभावकारी भएको बताए ।
कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यवाहक मन्त्री रमा कोइराला लगायतले बोलेका थिए ।
चरक हस्पिटलबाट स्त्रीरोग विशेषज्ञ डा. विष्णु पालिखेको नेतृत्वमा चिकित्सकीय टोली शिविरमा खटिएको हस्पिटलका पिआरओ शोभित सुवेदीले जानकारी दिए ।

जाँचका क्रममा २ जनाको भिआइए टेस्ट पोजिटिभ आएको, केहीका पाठेघरमा मासु पलाएको, आङ खसेको पाइएको कार्यक्रम संयोजक पुनले जानकारी दिइन् ।
सोसाइटीका कार्यवाहक सभापति पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुष्मा पौडेलले स्वागत र सचिव जनुका थापा अधिकारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन