रात्री बसमा सवार भीरकोट नगरपालिका -१ कि एक युवतीलाई अभद्र व्यवहार गर्ने चापाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रात्री बसमा काठमाडौंदेखी घर आउँदै गरेकी एक किशोरीलाई हेलु भन्ने ठाउँमा बसमै अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा चापाकोट नगरपालिका -५ का २६ वर्षीय कमल शाही र २५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
पीडित किशोरीले काठमाडौंबाट वालिङ् जाने ग १ ख ९७०१ नम्बरको बसमा क्याबिनमा बसेर आउने क्रममा अभद्र व्यवहार गरेको भन्ने जाहेरीका आधारमा दुवैलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

`कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।´ भनेर मुलुकी अपराध संहिताको दफा ११८(१) मा उल्लेख गरिएको छ । यदि त्यसो गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ