गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ ।
बडादसैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गरेका हुन् ।
मन्त्री विन्दुकुमार थापाले पर्यटन मुलुकको प्रमुख समृद्धिको आधार भएकाले यस क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनसम्बद्ध सबैसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धन र विकासका कार्यक्रमलाई अघि बढाइने बताए ।पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष बच्चुराम तिवारीले पर्यटन क्षेत्र अहिले पनि समस्यामा रहेकाले राज्यले पर्यटनमैत्री नीति अङ्गिकार गरी यस क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा, सचिव नारायण सुवेदी, सम्मानित फ्रान्सेली नागरिक माथिएस हर्जोग, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मालगायतले आफ्नो धारणा राखेका थिए ।
सन् १९५० जुन ३ मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो । अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ । रासस
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन