पुतलीबजार नगरपालिका -७ ठुलाडिहीमा विजया दशमी तथा सुभ दिपावलीको अवसरमा पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।
`हाम्रो गौरव, हाम्रो सान, हाम्रो ठुलाडिही´,`स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मूल नारालाई आत्मसात गर्दै ठुलाडिही रि-युनाईटेड क्लब ठुलाडिहीद्वारा कार्तिक ५ गतेदेखि १० गतेसम्म ठुलाडिही बहुउद्देश्यीय खेलमैदानमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको खेल संयोजक उत्तम थापाले बताए ।
ठुलाडिही कपको आकर्षणका रुपमा पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताका साथमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम रहने कार्यक्रम संयोजक सन्तोष रानाले जानकारी दिए ।
दुईजना बाहिरी खेलाडी समावेश गर्न पाइने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार रुपियाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
यसैगरी, उत्कृष्ट विधा अन्तर्गत उत्कृष्ट प्लयेर, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र इमर्जिङ प्लयेरलाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
यस्तै, भेट्रान्स तर्फको प्रथम पुरस्कार घोर्ले खसी सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक थापाले बताए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?