स्याङ्जाको आँधीखोला गाउँपालिका -५ मा अवस्थित आनन्द आश्रम ज्ञान केन्द्रद्वारा दुई प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।
काजीमान हरिटीका माविका प्रधानाध्यापक ऋषिराम शर्मा र त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका प्रअ मुक्तिप्रसाद रेग्मीलाई तीन दशकदेखि निरन्तर उत्कृष्ट शैक्षिक र प्राज्ञिक कर्म गरेको भन्दै आनन्द प्रज्ञा सम्मानद्वारा सम्मान गरिएको हो ।
आनन्द आश्रम ज्ञान केन्द्रमा आयोजित विचार गोष्ठीमा प्राज्ञद्वयलाई आनन्द आश्रम प्रज्ञा सम्मानले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो । काजीमान हरिटीका माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा माध्यमिक तह प्रथम श्रेणीका शिक्षक विगतमा स्रोत व्यक्ति र प्रशिक्षकको भूमिकामा रही स्याङ्जा जिल्लाको शैक्षिक उन्नयनमा अहम् भूमिका खेल्नुभएको छ ।
यस्तै, त्रिभुवन आदर्श नमूना माविका प्रअ मुक्तिप्रसाद रेग्मी गण्डकी प्रदेश परीक्षा समितिको सदस्य हुनुहुन्छ । एउटा सामान्य रूपमा चलिरहेको त्रिआ माविलाई जिल्लाकै नमुना विद्यालय बनाएर हजारौं विद्यार्थीसहितको रूपान्तरित उदाहरणीय विद्यालयमा परिणत गर्ने सक्षम नेतृत्वका रूपमा रेग्मीलाई चिनिने गरिएको छ ।
पूर्वमन्त्री त्रिलोचन ढकालले जिल्लामै साहित्यिक गतिविधि शून्य भइरहेको बेलामा बुबा आनन्द ढकालको प्राज्ञिक योगदानलाई जीवित बनाउने गरी आनन्द आश्रमलाई साहित्यिक र प्राज्ञिक जमघटको थलो बनाउनु भएको हो । आनन्द आश्रम ज्ञान केन्द्रले मासिक साहित्यिक कार्यक्रम समेत गर्दै आएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’