स्याङ्जाको पुतलीबजार नगरपालिका -१२ पेल्काचौरका २९ वर्षीय तेजन गुरुङले आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् ।
यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब ५ बजेको समयमा चिनको ८०२७ मिटर अग्लो सिसापाङ्ग हिमाल चढेसँगै गुरुङलाई आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने सफलता मिलेको हो । स्याङ्जाबाट आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने गुरुङ पहिलो हुन् ।
बेलायती लाहुरे जीवनमा आठ वर्ष बिताएर गुरुङ २०२२ सालमा आफ्नो कर्म थलो बेलायती सेना छाडेर हिमाल आरोहणमा होमिएका थिए ।
बेलायत सेनामा रहँदा २०१७ मा छ हजार मिटर उचाई भएको लोगुचे स्टपीकबाट हिमाल आरोहण थालेका गुरुङले २०२२ मे २७ मा सगरमाथा आरोहण गरेका थिए ।
उनले २८ मे २०२२ मा ल्होत्से आरोहण गरेका थिए भने २०२३ मा मात्र ११ वटा हिमाल आरोहण गरेका थिए । गुरुङले १५ अप्रिल २०२३ मा अन्नपुर्ण, २३ मे २०२३ मा मकालु, १ जुन २०२३ मा कन्चनजङगा, २ जुलाई २०२३ मा नन्गा पर्वत, जी टु १७ जुलाई २०२३, जी वान २१ जुलाई २०२३, २५ जुलाई २०२३ मा बोर्ड पीक, के टु २८ जुलाई २०२३, मनास्लु १७ सेप्टेम्बर २०२३, २९ सेप्टेम्बरमा धौलागिरी, चोओयु २ आक्टुबर २०२३ मा आरोहण गरेका हुन् ।
सबै हिमाल आफूले एलिट एस्पेटबाट आरोहण गरेको बताउँदै सेना मै रहदाँ सगरमाथा वेश क्याम जाने अवसर मिलेको सोही समयबाट आरोहणको चाहना बढेको गुरुङले बताए ।
१४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोही आफ्नै भिनाजु निर्मल पुर्जाको प्रेरणा समेत रहेको बताउँदै गुरुङले अहिले एलिट एस्पेटमै काम गरेको बताए । बेलायत सेना हुदाँ कमाण्डोसम्मको तालिम अनुभव गरेका उनले हिमाल आरोहणलाई निरन्तरता दिएका छन् ।
एसियाको एल्ब्रास, अर्जेन्टिनाको एकोनकना लगायतका दर्जन साना हिमाल समेत गुरुङले आरोहण गरेका थिए । युवाहरु विदेश गैरहेकोमा दु:ख व्यक्त गर्दै सबै युवाहरुलाई कसरी हिमाल आरोहणमा जोड्न सकिन्छ यसैमा लाग्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु