नेगम परियार, मनाङ । ‘चर्खा’, यो नाम सायद कमैलाई मात्र थाहा छ होला । यो हो उन तथा भेडाको रौँ बाट धागो काटने चर्खा । पहिलेको पालामा उन तथा भेडाको राँै बाट धागो काटेर त्यस धागो बाट बिभिन्न प्रकारका कपडा तथा राडी पाखी बुनी प्रयोजनका लागि प्रयोगमा ल्याईनथ्यो तर आज भोलि यी र यस्ता सामाग्रीहरु लोपोन्मुख अवस्थामा छ । यी र यस्ता सामाग्रीहरु व्यवसायिक रुपमा त परै जाओस्, व्यक्तिगत प्रयोजनमा समेत छैन । कहिँकतै भेटिन पनि मुस्किल छ ।
पहाडी तथा हिमाली भेगमा समेत यी र यस्ता सामाग्री अहिले व्यवसायिक प्रयोगमा छ्रैन । कहिँकतै मात्र आकलझुक्कल देख्न पाईने यस्ता सामाग्रीहरु आखिर किन लोपोन्मुख भयो त ? भन्ने बिषयमा ७३ बर्षीया मनाङबासी एक बृद्ध याङदुल छिरिङ डोल्मा लामा सिकाउन भन्दा पनि सिक्नेको कमीले गर्दा यी र यस्ता ब्यबसाय वा ब्यक्तिगत प्रयोजनको लागि प्रयोगमा निरन्तरता ल्याउन नसकेको बताउँछिन् ।
सिक्न नमान्ने, सिकेर के हुन्छ र ? भन्ने र यसप्रति चासो नभएकोले पनि यस्ता सीप, सामाग्री हराउँदै गएको उनको बुझाई छ । परिवारमा आफूमात्र यसलाई चलाउन सक्ने सीप भएको भन्दै उनले यस चर्खाबाट भेडाको रौँ बाट धागो निकाली कपडा, सुक्कुल, राडी, पाखी तथा बिभिन्न प्रयोजनका लता कपडा बनाईने गरेको स्मरण गरिन् ।
हिउँ पर्दा ओढ्ने राडीको ओडान समेत यहि चर्खाबाट धागो काटी बुन्ने गरिन्थ्यो । अहिले त बजारमा नयाँ नयाँ ज्याकेट पाईहालिन्छ किन सिक्नु ? किन धागो काट्नु ? उनले प्रश्न गरिन् । अहिलेका मान्छे धेरै अल्छी र आधुनिक भएकाले यस्तो भएको ७३ बर्षीया बृद्धा याङदुल डोल्मा लामाको भनाई छ ।
मनाङ जिल्ला कै नार्पाभुमि गाउँपालीका अन्र्तगत नार र फू गाउँहरुमा यसको बढी प्रयोग र उत्पादन गर्ने गर्छन । त्यस ठाउँमा पनि यस्ता चर्खाबाट धागो कटाई गरि बिभिन्न कपडा, राडी पाखी बुन्नेमा बृद्ध बृद्धाहरुले नै गर्ने गरेको उनको भनाई छ ।
हुन त घरेलु तथा साना उद्योग कार्यालय चामे मनाङे यी र यस्ता सामाग्री बनाउन सीप तथा तालिम पनि दिएको उद्योगले बताए पनि सीप र सामाग्रीहरुलाई निरन्तरता नदिँदा यी र यस्ता सीप तथा सामाग्रीहरु हराउँदै गएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै