हेटौंडा — मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन् ।
दुई किशोर फरार छन् । मनहरी गाउँपालिका-५ की ३१ वर्षीया महिलालाई पतिसहित अन्य दुई किशोरले असोज ३० गते बेलुका घरमै सामूहिक बलात्कार गरेका थिए ।
पीडितले छिमेकीसहित कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् ।
उजुरीको आधारमा प्रहरीले पतिलाई पक्राउ गरेको हो । अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बलात्कृत महिलाले तीन वर्षअघि अर्को पुरुषसँग सम्बन्ध विच्छेद गरेर विवाह गरेकी थिइन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ । कानुनमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार भए जन्मकैदको सजाय हुने व्यवस्था छ ।
१० वर्षदेखि १४ वर्षसम्मकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद, १६ देखि १८ वर्षकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद र १८ वर्षमाथिकालाई बलात्कार गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसबाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पनि पत्नीलाई जबरर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
ब्रेक फेल भएको बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु
हेटौँडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भेटिएन
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा