पोखरा । सूर्यदर्शन सहकारी अपचलन प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएसँगै रास्वपा आन्दोलित छ ।
पोखरा र काठमाण्डौमा आज उनीहरुले प्रदर्शन गरे । सहकारी ठगीको आरोप लागेकोमा रास्वपा पार्टी, नेता र कार्यकर्ताले भने त्यसलाई अस्विकार गरेका छन् । सहकारी पीडितहरू प्रदर्शनमा उत्रने ठाउँमा सहकारी ठगीको आरोप लागेको पक्षमा सडकमा प्रदर्शन हुँदा पीडितहरु दंग परेका छन् ।
रबि लामिछाने पक्राउ परेसँगै थप दबाबका लागि प्रदर्शनको तयारीमा रहेका सहकारी पीडितहरु तत्कालका लागि प्रशासनको आग्रहलाई मान्दै मौन बस्ने भएका छन् ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले बोलाएर कास्की स्थित सुरक्षा प्रमुखको अगाडि पीडितलाई न्याय दिने भन्दै प्रदर्शन नगर्न आग्रह गरिएकाले आफूहरु प्रक्रियालाई सहयोग गर्न मौन बसेको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
सहकारी पीडित भन्छन्ः ‘रवि हाम्रो नजरमा दोषी छन्, अदालतले निर्दोष भने मान्छौँ, रास्वपाले अदालती प्रक्रियालाई सहयोग गर्नुस्’
उनका अनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडितलाई बोलाएर सबै सुरक्षा प्रमुखको उपस्थितिमा प्रर्दशन नगरेर सहयोग गर्न आग्रह गरेका हुन् । ‘हामीलाई सीडीओसाबले बोलाउनुभयो । सुबै सुरक्षाअंगका प्रमुखलाई राखेर न्याय दिन्छौं कानूनी प्रक्रियालाई सहयोग गर्नुहोस् भन्नुभयो ।’ उनले भने, ‘त्यही भएर हामीले हाम्रो प्रदर्शन लगायतका दबाबका कार्यक्रम दुई दिनका लागि स्थगित गरेका छौं । हामी कुनै कार्यक्रम गर्दैछैनौं’ उनले भने ।
आफूहरुको नजरमा रास्वपा सभापति लामिछाने दोषी रहेको चर्चा गरेका उनले कानूनलाई लामिछानेले र उनको पार्टीले सहयोग गर्नुपर्ने बताए ।
लामिछाने छानविनको क्रममा निर्दोष देखिए त्यसलाई स्विकार्न आफूहरु तयार रहेको तर सबै प्रक्रिया पूरा गरेर छानबिन गर्नुपर्ने उनको जिकिर छ । लामिछाने पक्राउले आफूहरुले न्याय पाउने आशा बढेको बताएका उनले पीडितलाई राज्यले न्याय दिनुपर्ने धारणा राखे ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो