स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ को उपाधीका लागि विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका भिड्ने भएका छन् ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा पुतलीबजारले भीरकोटलाई जितेसङ्गै विरुवासङ्गको भेट पक्का गरेको हो ।
पुतलीबजारले भीरकोटलाई ३-१ को सेटमा २५-१९, २५-१५, २३-२५ र २५-१७ अङ्कले जीत निकालेको हो।
वालिङ् खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विरुवाले कालीगण्डकीलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विरुवाले कालीगण्डकीलाई २५-१८, २१-२५, २५-२२, १३-२५ र १८-१६ अङ्कले पराजित गरेको हो ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधा अन्तर्गत उत्कृष्ट स्पाइकर, क्वीकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र एक उदयमान खेलाडीलाई जनही पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु भएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको छ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ