पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले प्रदर्शनका क्रममा पत्रकारमाथिआक्रमण गरेका छन् । दुई पत्रकार घाइते भए भने क्यामेरासमेत फुटेको छ ।
आइतबार मध्यान्ह १२ बजेदेखि पोखराको शहीद चोकमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा कार्यकर्ताले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेकामा समाचार संकलनका लागि गएका पत्रकारलाई ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने…..’ लगायतका अनर्गल गाली गलौज पनि गरेका थिए ।
सो क्रममा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट एपीवान टेलिभिजनका गण्डकी व्युरो प्रमुख सागरराज तिमिल्सेना, सुनगाभा न्यूज डटकमका समाचार प्रमुख सुशान्त गाहामगर घाइते भएका छन् । दुवैको हातमा चोट लागेको छ भने गाहामगरले प्रयोग गर्ने क्यामेरासमेत फुटेको छ ।
त्यस्तै, प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरापर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास भएको छ ।

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की शाखा र प्रेस चौतारी नेपाल, कास्की शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारमाथि भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएको छ । यो घटनाले पत्रकार र नागरिकको संविधानप्रदत्त अधिकारमासमेत हस्तक्षेप भएको ठहर गर्दै महासंघले कडा शब्दमा भर्त्सना गरेको छ ।
घटनामा संलग्नमाथि तत्काल कडा कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनसमेत महासंघले माग गरेको छ ।



सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’