पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले प्रदर्शनका क्रममा पत्रकारमाथिआक्रमण गरेका छन् । दुई पत्रकार घाइते भए भने क्यामेरासमेत फुटेको छ ।
आइतबार मध्यान्ह १२ बजेदेखि पोखराको शहीद चोकमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा कार्यकर्ताले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेकामा समाचार संकलनका लागि गएका पत्रकारलाई ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने…..’ लगायतका अनर्गल गाली गलौज पनि गरेका थिए ।
सो क्रममा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट एपीवान टेलिभिजनका गण्डकी व्युरो प्रमुख सागरराज तिमिल्सेना, सुनगाभा न्यूज डटकमका समाचार प्रमुख सुशान्त गाहामगर घाइते भएका छन् । दुवैको हातमा चोट लागेको छ भने गाहामगरले प्रयोग गर्ने क्यामेरासमेत फुटेको छ ।
त्यस्तै, प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरापर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास भएको छ ।

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की शाखा र प्रेस चौतारी नेपाल, कास्की शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारमाथि भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएको छ । यो घटनाले पत्रकार र नागरिकको संविधानप्रदत्त अधिकारमासमेत हस्तक्षेप भएको ठहर गर्दै महासंघले कडा शब्दमा भर्त्सना गरेको छ ।
घटनामा संलग्नमाथि तत्काल कडा कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनसमेत महासंघले माग गरेको छ ।



सम्बन्धित खबर
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
यो पनि पढौँ
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु