स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ को उपाधी विरुवा गाउँपालिकाले जितेको छ ।
विरुवाले पुतलीबजारलाई ३-२ को सेटमा २३-२५, १९-२५, २९-२७, २५-१० र १५-१२ अङ्कले पराजित गर्दै उपाधि जितेको हो। उपाधि जितेसङ्गै विरुवाले एक लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो। उपविजेता पुतलीबजारले भने कप, मेडल र प्रमाणपत्रसहित एक लाख रुपियाँमा चित्त बुझाएको हो।
वालिङ् खेलमैदानमा भएको उक्त प्रतियोगितामा भीरकोटले कालीगण्डकीलाई ३-२ को सेटमा पराजित गर्दै तृतीय भएको हो। भीरकोटले कालीगण्डकीलाई २५-२२, १६-२५, २५-२१, २२-२५ र १५-११ अङ्कले पराजीत गरेको हो।
प्रतियोगितामा तृतीय भएको भीरकोटले ५० हजार र सान्त्वना कालीगण्डकीले २५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाएको हो।
प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडी अमृत केसी ( बिरुवा ), उत्कृष्ट स्पाइकर सन्जु बिक्रम शाह ( पुतलीबजार ), उत्कृष्ट सेटर मिलन राना ( बिरुवा ), उत्कृष्ट ब्लकर संजोग परियार ( बिरुवा ), उत्कृष्ट क्वीकर कमल सुनार ( बिरुवा ), उत्कृष्ट सर्भर देवेन्द्र परियार ( पुतलीबजार ), बेस्ट डिफेन्डर जित बहादुर नेपाली ( भीरकोट ) र उदयमान खेलाडी सुशील खड्का ( भीरकोट ) लाई नगदसहित पुरस्कृत गरिएको खेल संयोजक प्रकाश श्रेष्ठले बताए।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु गरिएको थियो ।
स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगतामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको थियो। भलिबल प्रतियोगिता लिग अनुसार खेलाइएको थियो।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्