पोखरा । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएकाे छ । बुधबार विज्ञप्ति प्रकाशित गरी संघले यस्तो आपत्ति जनाएको हो ।
संघले बचत फिर्ताको माग गर्दै बिहीबार बिहान ११ बजे पोखराको मुस्ताङचोकमा बृहत प्रदर्शन गर्ने जनाएको छ ।
संघद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ ।’
संघले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न माग गरेकाे छ । संघले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाउँदै रास्वपा सरकारमा हुँदासमेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको गुनासो गरेको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘विगत दुई वर्ष अगाडिदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेतासँग हारगुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर सहयोग नभएको कुरा छर्लङ्ग छ ।’
‘तर आज पार्टी सभापति नै अनुसन्धान को दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा धाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ’, संघले विज्ञप्तिमार्फत दुःखेसो पोखेको छ ।
आफूहरुको गम्भीर विषयमा राजनीति भइरहेको भन्दै समितिले प्रश्न गरेको छ, ‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ? त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’
आन्दोलनमा जनसहभागिता नदेखिएपछि रास्वपाका नेताहरु पोखरेलीको घरघरमा पुगेर आन्दोलनमा समर्थन गरिदिन आग्रह गरेका थिए । आन्दोलनमा देशभरबाट पोखरा आएका रास्वपाको कार्यकर्तामात्रै देखिन्छन् ।
यस्तो छ विज्ञप्ति

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’