स्याङ्जाको पुतलीबजार नगरपालिका -१२ पेल्काचौरमा दशैँ पूर्णिमा मेलाका आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
`हाम्रो गौरव, हाम्रो पौरख हाम्रो पेल्काचौर´ भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरद्वारा दशैँ पूर्णिमा मेलाको आकर्षणका रुपमा आयोजित अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका साथमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।
मेलाका आकर्षणको रुपमा रहेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा चापाकोट प्रथम, शुक्लागण्डकी दोस्रो र गल्याङ तेस्रो भएको हो ।
चापाकोट नगरपालिका -४ ले शुक्लागण्डकी नगरपालिका -१२ लाई ३-१ को सेटमा २५-२०, २४-२६, २५-२३ र २५-१२ अङ्कले पराजित गर्दै प्रथम भएको हो। प्रथम भएसङ्गै चापाकोटले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो। उपविजेता शुक्लागण्डकीले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित ६० हजार रुपियाँमा चित्त बुझाएको हो।
त्यस्तै, पेल्काचौर खेलमैदानमा भएको उक्त प्रतियोगितामा गल्याङ नगरपालिका -७ ले पुतलीबजार नगरपालिका -७ लाई सोझो सेटमा पराजित गर्दै तृतीय भएको हो । प्रतियोगितामा तृतीय भएको गल्याङले ४० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो।
यसैगरी, अन्तर वडा स्तरीय महिला भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम शुक्लागण्डकी न.पा. -११ ले नगद ३० हजार, द्वितीय पुतलीबजार न.पा. -१२ ले २० हजार र तृतीय विरुवा गा.पा. -७ ले १० हजार रुपियाँ पुरस्कार पाएको अध्यक्ष शर्माले बताए ।
कार्तिक १ गतेदेखी मेलाको अवसरमा आयोजित वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ १५ वडा र महिलातर्फ ६ वडाको सहभागिता रहेको थियो।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ