स्याङ्जाको गल्याङ नगरपालिका -३ बल्पुकमा ‘नेपाल – भारत विकास सहकार्य’ बाट निर्मित १५ सैयाको गल्याङ नगर अस्पतालको उद्घाटन भएको छ ।
भारत सरकारको ४ करोड १३ लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण गरिएको नगर अस्पतालको शुक्रबार उद्घाटन गरिएको हो । नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटि र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सुविधा सम्पन्न अस्पताल भवनको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपालमा अप्ठ्यारो पर्दा सधैं भारत सरकारको सहयोग रहँदैआएको बताउँदै प्रथम सचिव सिंहले भारतमा गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष भारत सरकारले नेपालमा स्कुल बस र एम्बुलेन्स प्रदान गर्दैआएको बताए ।
भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रुपमा अघि बढाइएको थियो । यो परियोजनाको जिल्ला समन्वय समिति स्याङ्जामार्फत कार्यान्वयन गरिएको थियो ।
सन् २०१० मा नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले एउटा सानो भाडाको घरमा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेका थिए ।
गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा परिणत गरिएको छ ।
बिरामीमैत्री र सुविधा सम्पन्न गराइएको अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्दै आएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो