पोखरा । चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलको नेतृत्वमा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको (अफिन) गण्डकीको तेस्राे अधिवेशनले पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएको हो । पोखरा नागढुंगा स्थित चरकका एमडी पोखरेल यसअघि उपाध्यक्ष हुन् ।

समितिको उपाध्यक्षमा डा. चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल (नेसनल एपोलो हस्पिटल), सदस्यमा डा. चन्द्रबहादुर मिश्र (मेट्रोसिटी हस्पिटल), जगन्नाथ गौतम (पोखरा ॐ हस्पिटल), महेन्द्र केसी(पार्कल्यान्ड हस्पिटल), सविन अधिकारी रिजनल हस्पिटल) रहेका छन् ।
समितिको कार्यकाल २ वर्षको हुनेछ । यसअघि संस्थाको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठले गरेका थिए ।
स्वास्थ्य मन्त्री पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन कालीन योजना बनाएर काम थालेको बताए । ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु,’उनले भने,‘ योजना अनुसार नै गण्डकीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास गर्नेछु ।’

गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी स्वास्थ्यसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्न आफूले प्रयत्न गर्ने उनले बताए ।
अधिवेशनका अवसरमा स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गरेका ६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डाक्टर सुनील पनेरु,अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए ।
सम्बन्धित समाचारः
गण्डकी प्रदेशबासीको स्वास्थ्यलाई स्वस्थ राख्ने बाटो तय: स्वास्थ्यमन्त्री पाठक
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन