पोखरा । एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदानमा २ सय ५१ युनिट रगत संकलन भएको छ । जसमा २ सय ३ पुरुष र ४८ महिला रक्तदान कार्यक्रममा सहभागी भए ।
‘स्वस्थ जीवनका लागि रक्तदान, पूण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लडव्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिइन् ।
मन्त्री देवकोटाले खेर जाने रगत दान गरेर मृत्युसँग लडिरहेका बिरामीको ज्यान बचाउन सकिने भएकाले योग्य व्यक्तिले समय समयमा रक्तदान गरिरहनुपर्ने बताए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एफएमले जीवन बचाउने अभियान क्रियाशील रहेकोमा प्रशंसा व्यक्त गरे ।
एफएमकी कार्यकारी अध्यक्ष गुरुङले एफएमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताइन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले नियमित रक्तदान गरेर आफू पनि स्वस्थ बन्ने र अरुको पनि ज्यान बचाउन सकिने बताए ।
एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले दशैँ तिहार लगायत चाडपर्व कारण नियमित रक्तदान कार्यक्रम नहुँदा रगत अभाव देखिएपछि प्रादेशिक रक्तसञ्चार केन्द्रको आह्वानमा कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल कालिका गण, तमु धिं नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन फर्निचर, पोखरेली युवा सांस्कृतिक परिवारलगायत संघसंस्थाहरुको संस्थागत सहभागिता थियो । कार्यक्रम पर्स्याङस्थित एफएम प्राङ्गणमा भएको हो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?