पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छन् ।
स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्न उनले जोड दिइन्।
सोमबारदेखि पोखरामा सुरु भएको आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ, यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ ।’
नजिकिँदै गरेको फूलसमेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ ।
‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन, केही समय अघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ, तर मिलेसम्म, उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’, मन्त्री श्रेष्ठले भनिन् ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रदर्शनी तथा मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग
पकेट क्षेत्रमा आलु उत्पादन घट्यो
बागलुङमा व्यावसायिक स्याउखेती
स्याङ्जा बन्दै मकै बिउको ‘पावर हाउस’, एकै वर्षमा तीन करोडभन्दा बढीको उत्पादन
गण्डकीमा ८९ प्रतिशत रोपाइँ
मुस्ताङमा भित्रिए एकैपटक स्याउका २० हजार बिरूवा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ