पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छन् ।
स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्न उनले जोड दिइन्।
सोमबारदेखि पोखरामा सुरु भएको आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ, यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ ।’
नजिकिँदै गरेको फूलसमेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ ।
‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन, केही समय अघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ, तर मिलेसम्म, उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’, मन्त्री श्रेष्ठले भनिन् ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रदर्शनी तथा मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
फेदीखोलाको प्रोत्साहन: बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह