स्याङ्जाको फेदीखोला गाउँपालिकाले पढाइ सकिएपछि जागिरको अवसर प्रदान गरेको छ ।
फेदीखोला -२ अन्तर्गतको सिद्धार्थ माध्यमिक विद्यालयबाट २०८० मा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरू मध्येबाट पेडअप इन्टर्नशीपमा छनौट गरी पढाइ सकिएपछि जागिरको अवसर प्रदान गरिएको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए ।
एक कार्यक्रमका बीचमा पेडअप इन्टर्नशीपमा छनौट भई कार्यालयमा इन्टर्न गर्न आएका विद्यार्थीलाई उत्कृष्ट कार्यसम्पादनको अपेक्षासहित पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितले शुभकामना तथा बधाई दिँदै स्वागत गरेका हुन् ।
सोही कार्यक्रममा कार्यालयमा इन्टर्न गर्न आएका मध्ये एक अमृता गुरुङले पालिकाले आफूहरुलाई यस्तो अवसर प्रदान गरेकोमा पालिकाप्रति आभारी रहेको बताइन् ।
उनले अहिलेको जेनेरेशन भनेको सूचना प्रविधिको रहेको र आफूहरु यहि क्षेत्रमा लागिपरेको बेलामा आवश्यकताअनुसार पालिकाले अवसर दिइरहँदा आफूहरुले पाएको जिम्मेवारी आगामी दिनमा पूरा गर्ने बताइन् ।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट पालिकाले आफूहरुलाई स्वागत गरेकोमा गुरुङले धन्यवाद दिँदै खुशी व्यक्त गरेकी थिइन् ।
फेदीखोला गाउँपालिका वडा नंं. २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ सालदेखि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको सुरुवात गरिएको थियो ।

३ वर्षे कोर्षमा ६ सेमेष्टरमा कोर्स सञ्चालित छ । गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न, दलित तथा द्वन्द्व पीडित, जेहेन्दार विद्यार्थीहरूलाई शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ । यस अन्तर्गत हरेक वर्ष भर्ना हुने २ जना विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् ।
छैटौं सेमेष्टर उत्तीर्ण गरिसकेपछि विद्यार्थीको खाली समय व्यवहारिक ज्ञानमा लगाउनको लागि आत्मनिर्भर बन्दै बाँकी भविष्यको तयारी गर्नका लागि पालिकाले आफ्नै कार्यालयमा पेडअप इन्टर्नशीप अन्तर्गत ६ महिनासम्म मासिक तलब पाउने गरी अवसर प्रदान गरेको हो ।
उनीहरूले काम गर्दै व्यवहारिक ज्ञान सिक्ने मौका प्राप्त गर्नेछन् । पहिलो सत्रमा पास आउट भएका विद्यार्थीहरुले यो अवसर प्राप्त गरिसकेका छन् । अहिले पालिकामा दोश्रो सत्रमा पास आउट भएका विद्यार्थीहरु यस मौकाको सदुपयोग गरिरहेका छन्।
विद्यार्थीले सफलतापूर्वक छैटौं सेमेष्टर उत्तीर्ण गरिसकेपछि पालिकाले सूचना निकालेर विद्यार्थीलाई इन्टर्नको लागि आवेदन दिन आग्रह गर्दछ । आवेदन मध्येबाट पेडअप इन्टर्न कार्यविधि २०८० को आधारमा उत्कृष्ट ४ जना विद्यार्थी छनौट गरी ६ महिनासम्म विद्यार्थीलाई मार्गदर्शन गराउने, व्यवहारिक ज्ञान, सीप सिकाउने गर्दै आएको हो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा