स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाईपालक किसानलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालन गर्दै पहाडे गाई पाल्ने किसानलाई प्रोत्साहन रकम दिन लागेको हो ।
सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको राष्ट्रिय जनावर गाई पाल्नेको संख्या घटिरहँदा पालिकाले यो अभियान ल्याएको हो ।
अर्जुनचौपारीको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालनका लागि इच्छुक गाईपालकका लागि आवेदन खुलाइएको पालिकाले जनाएको छ ।
गाउँपालिका बासी इच्छुक गाईपालक किसानले नेपाली नागरिकताको प्रतिलपि १ प्रति, लालपूर्जाको प्रतिलिपि/जग्गा भाडामा लिएको भए कम्तिमा ५ वर्षको लागि सम्झौतापत्रको प्रतिलिपि १ प्रति, गोठसहित गाई धनी देखिने गरी गाईको फोटो २ प्रति, २ जना छिमेकीको सिफारिस, वडा कार्यालयको सिफारिससहित आवेदन पेश गर्न पालिकाले सूचना प्रकाशित गरेको छ ।
पालिकाले छनौट भएका आवेदकलाई गाईपालन गर्ने समयसम्म प्रति गाईको मासिक रु १०००/- (एक हजार मात्र) प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए । उनले रित नपुगी पेश भएका प्रस्ताव छनौट प्रकृयामा समावेश नगरिने जानकारी दिए ।
पशुपालन माध्यमबाट पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यका साथ यो अभियान थालेको गाउँपालिका प्रमुख प्रकाश तिवारीले बताए । उनले गहुँत, गोबरको महत्त्व रहेको पहाडे गाईको दुध पौष्टिक हुने भएकाले गाईको संरक्षणमा पालिका जुटेको बताए ।
गाईपालनको लागि अहिले घाँस प्रशस्त रहेको बताउँदै तिवारीले पालिकामै नवग्रह मन्दिर बन्दै गएकाले गाईपालनको महत्व अझै बढ्ने बताए ।
गाउँमा एक दुई जनाले गाई पालेमा गहुँत, गोबर, दुध तथा दान गर्ने प्रक्रियामा गाईलाई प्रयोग गरेर आय आर्जन गर्न सकिनेछ ।
भैँसी, बाख्रालगायतका पशु तथा कृषि क्षेत्रमा प्रतिशतको आधारमा दिने अनुदान प्रभावकारी नभएकाले पालिकाले गाईपालनमा याो विधि अपनाएको हो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा