राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अझै बयान नसकिएको प्रहरीले जनाएको छ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेसँग बयान पूरा नभएको भन्दै अझै म्याद थप्ने तयारी गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
‘उहाँ (रवि लामिछाने) सँग अझै बयान लिन बाँकी छ, पूरा भएको छैन,’ उनले भने, ‘सरकारी कार्यालय खुल्ने दिन म्याद थप्छौं।’
लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अवैध रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोप छ।
उक्त आरोपमा प्रमाण देखाउँदै बयान लिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
यद्यपी, लामिछानेले आफू सहकारी ठगी र संगठित अपराधमा संलग्न नरहेको जिकिर गर्दै आएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक जिल्ला अदालत कास्कीले ६ दिन समय दिएको थियो।
पहिलो पटक दिएको समयमा बयान पूरा नभएको भन्दै दोस्रो पटक ७ दिन समय थपिएको थियो।
दोस्रो पटक थपिएको समय सकिँदा तिहार बिदा भइसकेकाले कार्यालय खुल्ने दिन कात्तिक २० गते तेस्रो पटक म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराउने प्रहरीको तयारी छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो