पोखरा । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदशर्नमा उत्रिएका कार्यकर्तामाथि पोखरामा मंगलबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
पोखराको जिरोकिलोमिटरबाट रत्नचोक हुँदै वाइ चोकमा पुगेर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी रक्षात्मक अवस्थामा पुगेको हो । त्यहि बेलामा ४ सेल अश्रुग्याँस प्रहार गरिएको हो । विरोधमा उत्रिएका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । सो क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो ।
रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो । केही अघि एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई १० दिन म्याद थप गरिएको छ ।
रविसँगै पूर्वडीआइजी छविलाल जोशी, लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि १० दिन म्याद थप गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन