जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई खोजीखोजी कारबाही गरेको छ ।
विशेषगरी चाडपर्वमा निर्धारित क्षमताभन्दा बढी यात्रु चढाएर जोखिमपूर्ण यात्रा गराएका सवारीसाधनलाई खोजीखोजी कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।
प्रनानी पौडेलले क्षमताभन्दा बढी यात्रुलाई सवारीसाधनमा चढाएर ओसारपसार गरेको भिडियो सामाजिक संजालमा देखिए लगत्तै खोजीखोजी कारबाही गरेको बताए । उनले विशेषगरी भित्री सडकखण्डमा चल्ने जीपहरुले क्षमताभन्दा धेरै यात्रु चढाएको पाइएको बताए ।
भिडियोमा देखिएका ग १ ज ४८१३, लु १ ज ४४८५ र ग ३ च ४३८९ नम्बरका जीपलाई कानुनबमोजिम ‘सवारीमा मानिस वा मालसामनको हद निर्धारण गरिएकोमा बढी राखी चलाएमा’ भन्ने शिर्षकअनुसार कारबाही गरिएको ट्राफिक प्रमुख पौडेलले जानकारी दिए । ट्राफिक प्रहरी एकैपटक सबै ठाउँमा पुग्न नसकेको समयमा नागरिकले सूचना दिई सचेत गराउनुहुन समेत प्रनानी पौडेलले आग्रह गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउनेको संख्या बढ्दै गएपछी चेकजाँचमा कडाइ गरेको जनाएको छ । कार्यालय प्रमुख प्रनानी पौडेलले चेकजाँचका क्रममा नियमविपरीत सवारी चलाउनेलाई कारबाही स्वरुप जरिवाना गर्ने गरेको बताए । उनले कारबाही मात्र नगरी ट्राफिक नियमसम्बन्धी थप सचेतना समेत दिइएको बताए ।
चालू आर्थिक वर्ष २०८१/०८२ साउनदेखि असोज महिना सम्ममा स्याङ्जा ट्राफिक प्रहरी कार्यालयले करिब ३० लाख रुपियाँ राजस्व संकलन गरेको छ । चालू आवको प्रथम त्रैमासिकमा ट्रक, बस, जीप, कार, भ्यान, ट्याक्टर, मोटरसाइकल तथा अन्य गरि तीन हजार सात सय ८० सवारीसाधन कारबाहीमा पर्दा कार्यालयले उन्तीस लाख ८९ हजार रुपियाँ राजस्व संकलन गरेको कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार हेम बहादुर मल्लले जानकारी दिए ।
त्यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा चौध हजार छ सय १० सवारीसाधन कारबाहीमा परेका थिए भने कार्यालयले एक करोड दश लाख ९७ हजार रुपियाँ राजस्व संकलन गरेको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार