स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण हुँदै छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नं.१ पञ्चकन्या धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
नेपाल र भारतका सिद्धिप्राप्त विभिन्न साधुसन्त योगीहरुको परिकल्पना र सहयोगमा गाउँपालिकाको नेतृत्वमा नवग्रह मन्दिरको निर्माण कार्य अगाडि बढाइएको हो ।
नयाँ धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको यस ठाउँमा निर्माण हुँदै गरेको नवग्रह मन्दिर वरपर गणेश चतुर्थीको अवसरमा १०८ वटा पिपलका बिरुवा रोपिएको थियो ।
नेपालमै पहिलोपटक अर्जुनचौपारीमा बन्दै गरेको नवग्रह मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ ।
अर्जुनचौपारीमा बन्दै गरेको मन्दिर भारतको असमको भन्दा फरक रहेको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले यहाँ बन्ने नवग्रह मन्दिर विश्वमै पहिलो भएको दाबी समेत गरे ।
दियो आकारको पूर्वतर्फ फर्केको मन्दिर बन्ने बताउँदै पालिका अध्यक्ष तिवारीले पालिकालाई हिन्दु धर्मावलम्बीको केन्द्र बनाउने लक्ष्य रहेको बताए ।
मन्दिर गण्डकी प्रदेश सरकारको ४० लाख र बाँकी पालिकाको लगानीमा निर्माण हुँदै छ । गाउँपालिकाका अध्यक्ष तिवारीका अनुसार यो पवित्र स्थल निर्माणका लागि पालिकाले सहयोगदाताहरुको सहयोग समेत रहने अपेक्षा राखेको छ ।
यस मन्दिरमा नौवटा भुजा रहने पिल्लरमा १३ फिटको उचाइमा नवग्रहका नौवटै मूर्ति रहनेछन् भने त्यसमाथि १४ फिटको उचाइमा रहने पिल्लरमा चतुर्भुज आकारको सूर्यतर्फ फर्केको ग्रहको प्रतिमा रहनेछ । मन्दिर परिसर भित्र बन्ने नौवटा सर्कलको बीचमा षट्कोण र त्यसको पनि बीचमा पशुपतिनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिनेछ भने शिवलिङ्ग ७ क्वीण्टलको रहनेछ ।
नौवटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि पुछारमा रहने सुरुङको बाटोबाट बाहिर निस्कन मिल्नेछ । निर्माणकार्य सकिएपछि मन्दिरमा गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमानलगायतको पूजा गरेपछि नवग्रहको पूजा हुनेछ ।
हरेक वर्ष गणेश चतुर्थीको दिनमा मात्र सौर्यमण्डालीय ग्रहको प्रतिमा हेर्न पाइनेछ भने प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न पाइनेछ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’