बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो

दुर्घटना

बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो

Baglung_Jeep_acc

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको नाम वतन खुलेको छ ।

मृत्यु हुनेहरुमा जीप चालक जैमिनी नगरपालिका ८ का अन्दाजी ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकै २० वर्षीया रश्मी श्रीस, सोही ठाउँकै ५० वर्षीया नन्दकली पुन, सोही स्थानकै १७ वर्षीय निरज श्रीस र सोही गाउँकै ७५ वर्षीय कुल प्रसाद श्रीस रहेका छन् ।

यस्तै, घाइते सोही वडाकै ४५ वर्षीय गंगाबहादुर श्रीस घाइते भएका छन् । उनलाई उपचारका लागि बागलुङ बजार पठाएको बताइएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनामा परेको थियो ।

बागलुङ प्रहरीका अनुसार उक्त जीप सडकदेखि करिब सय मिटरभन्दा तल खसेको बागलुङ प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds