पोखरा । बेलायतस्थित ब्रायनस्टन विद्यालयका विद्यार्थी तथा शिक्षकको एक समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित २ विद्यालयको शैक्षिक अवलोकन भ्रमण गरेको छ ।
राईट फर चिल्ड्रेन संस्थाको संयोजनमा आएको उक्त समूहले ती नेपाली विद्यालयमा खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमार्फत बालमैत्री शिक्षणसिकाई प्रक्रियामा सहयोग गर्दै आएको राईट फर चिल्ड्रेनको बालमैत्री विद्यालय परियोजनाका संयोजक स्मृति गुरुङले जानकारी दिइन् ।
घाचोकस्थित मेघराज आधारभूत विद्यालयको भ्रमणक्रममा समूहले, नेपाली विद्यार्थीसँग मिलेर खेलकुद मैदान निर्माण गरेका छन् । सो दौरान उनीहरूले उपिँ्रmदै हिंड्न मिल्ने निन्जा कोर्स, पिङ, मंकीबार, कार्गो नेट, वाल क्लाइम्बिङ र जिप–लाइनर लगायतका खेलक्षेत्रहरू निर्माण गरे ।
आगन्तुकलाई मेघराज आधारभूत विद्यालयका विद्यार्थीले गीत गाएर तथा नाचेर स्वागत गरेका थिए भने छात्राको समूहले पाहुनाहरूलाई आफ्नो आत्मरक्षा कौशल देखाए ।
मेघराज आधारभूत विद्यालयका प्रअ विश्वमामोहन पोखरेलले भने, ‘यस्तोखालको अन्तक्र्रिया तथा सांस्कृतिक आदानप्रदानले हाम्रा विद्यार्थीलाई बेलायती विद्यार्थीहरूसँग परिचित गराउने तथा खेलकुदका माध्यमबाट शैक्षिक वातावरण अझबढी प्रभावकारी हुने देखियो ।’
त्यस्तैगरी, ब्रायनस्टनको टोलीले भुर्जुङ खोलास्थित माछापुच्छ्रे माविको समेत भ्रमण गरेको थियो । उक्त भ्रमणमा नेपाली तथा बेलायती विद्यार्थीहरु खेलकुद, चित्रकला तथा नाटक लगायतका गतिविधिमा संलग्न भएका थिए ।
चित्रकला सत्रका दौरान, विद्यार्थीले सेतो टी–शर्टमा एकअर्काको मुहार चित्रहरू कोरेका थिए । जुन उनीहरुले पछि फेसन शोका दौरान प्रस्तुत गरे । अन्तिममा दुवै देशका विद्यार्थीले विलियम शेक्सपियरको विश्वविश्यात नाटक ‘रोमियो जुलियट’ को नेपालीकृत संस्करण मञ्चन गरे ।
ब्रायनस्टन विद्यालयको टोली प्रमुख साइमन नील व्हीलरले यस्ता भ्रमण दुवै देशका विद्यार्थीका लागि आवश्यक रहेको र यसले एकअर्काको सांस्कृतिक तथा शैक्षिक पक्ष नजिकबाट नियाल्न सहज हुने बताए ।
राईट फर चिल्ड्रेनका संस्थापक डगलस म्याक्लागनले नेपाली सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापसँग सम्बन्धित पुर्वाधार निर्माण तथा गतिविधिहरु सञ्चालन गर्न बेलायती विद्यार्थीले विभिन्न कार्यक्रम गरी कोष जुटाउने गरेको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन