पोखरा महानगरपालिकामा कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका गर्न मेयर धनराज आचार्यले गठन गरेको समितिप्रति वडा नम्बर १३ का वडाध्यक्ष किरण बरारलले आपत्ति जनाएका छन् । समितिको सदस्य रहेका बरालले कुनै छलफल नै गरी सदस्य राखिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
३७ औं कार्यपालिका बैठकबाट बहुमतले निर्णय भएको विषयमा फेरि समिति बनाउनु जायज नभएको भन्दै वडाध्यक्ष बरालले सदस्य नबस्ने बताएका छन् ।
‘कार्यपालिकाले करारका २८ कर्मचारी मंसिरदेखि हटाउने निर्णय गरेको छ । समिति गठन पनि सल्लाहले नै गरेको भए हुने । दलहरूको सम्बन्ध विगारेर पर्दा पछाडीबाट राजनीतिक लाभ लिने जुन चेष्टा भएको छ, यसको घोर भर्त्सना गर्दछु । म यो समितिमा नरहेको जानकारी गराउँदछु । साथै करार कर्मचारी हटाउने कार्यपालिका बैठक कार्यान्वयनको माग गर्दछु ।’ वडाध्यक्ष बरालले भने ।
पोखरा महानगरपालिकामा कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका गर्न समिति गठन गरिएको छ ।
नगरप्रमुख स्तरीय निर्णय अनुसार बुधवार महानगरका प्रवक्ता एवम वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा ९ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।
समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, १३ का वडाध्यक्ष किरण बराल, १५ का वडाध्यक्ष तोरण बानिया र नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्णकुमारी पौडेल र डाल्डादेवि भुजेल छन् ।
करारमा रहेका २८ जना प्राविधिक हटाउने निर्णय विरुद्ध एमालेलेका जनप्रतिनिधिले महानगरपालिकाको कार्यालयमा नाराबाजी गरिरहेका छन् ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?