पोखरामा आजदेखि कर सप्ताह सुरु भएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ यो वर्ष कर सप्ताह मनाइँदैछ ।
आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागेको हो ।
आज पहिलो दिन पोखरा सभागृहदेखि आन्तरिक राजश्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गरेर कर सप्ताहको सुरुवात गरियो । सभागृहदेखि सुरु कर सप्ताह आन्तरिक राजशव कार्यालय पोखराको प्रांगणमा पुगेर कार्यक्रमसहित सुरुवात गरिएको हो । प्रभातफेरीमा सहभागीले कर सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए ।
प्रभातफेरी समापन एवं कर सप्ताह कार्यक्रमको सुरुवात गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू तत्पर रहेको बताए ।
उनले आज शनिबार भएकाले भोली कार्यालय सुरु हुनासाथ पहिलो करदातालाई फूलमाला लगाएर सम्मान गरिने बताए ।

कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखेको छ । विभिन्न सञ्चार माध्यम, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य सघं र आन्तरिक राजश्व कार्यालयमा यी कार्यक्रम हुनेछन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ७ मंसिरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने प्रमुख कर अधिकृत शर्माले जानकारी दिए ।
प्रभातफेरी समापन एवं कर सप्ताह सुभारम्भ कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी व्यवसायीहरु कर तिर्न तयार रहेको बताए । उनले कर सप्ताह पछि राज्यले गर्ने व्यवहारमा र व्यवसायीक वातावरणमा फरक पन आउने अपेक्षा प्रकट गरे ।
कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मी लगायतले कर सप्ताहको सफलताको कामना गरेका थिए ।
यस अगाडि बाजागाजासहित सम्पन्न प्रभातफेरीमा व्यसायीका संस्थाहरु पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स कास्की लगातका व्यवसायी संघ संस्थाहरु व्यानरसहित सहभागी थिए ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो