पोखरा महानगरपालिका वडा नं. १२, लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र लियो क्लब अफ पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा निःशुल्क डेंगु रोग परिक्षण तथा जनचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पोखरा १२ कार्यालयको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले जनचेतना नै डेगुं रोगको मुख्य उपचार भएकोले घर परिवार र समाज नै सचेत हुन आग्रह गरे ।
क्लबका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्टृक्ट ३२५ आइ नेपालका डिष्टृक्ट गभर्नर बिनोद ढुंगाना , स्वास्थ्य कार्यलयका प्रमुख रामबहादुर नेपाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम पुर्व स्थानीय आमा समूह , टोल विकास सस्थाका प्रतिनिधि , स्वास्थ स्वयम् सेविका , सामुदायिक सेवा केन्द्र माटेपानी, क्लब र लियो क्लब हरुको उपस्थितमा जनचेतना स्वरुप प्रभातफेरि गरिनुका साथै शंकास्पद लागेका करिब २० जनाको रक्त परिक्षण समेत गरिएको थियो ।
जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सहजीकरण गरेको कार्यक्रमको स्वागत द्धितिय उपाध्यक्ष भगवान श्रेष्ठ, धन्यवाद निर्वतमान अध्यक्ष दामोदर आचार्य र सन्चालन वडा सचिव शारदा सापकोटाले गरेकी थिइन् ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो