आईसीसी यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले पुरस्कृत गर्ने भएको छ ।
खेलकुदमा स्याङ्जाको इतिहाससहित देशकै इतिहास रचेकोकोले विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडीलाई पुरस्कृत गरिने गाउँपालिका प्रमुख प्रकाश तिवारीले जानकारी दिए ।
खेल र खेलाडीको विकासको पक्षमा पालिका रहेको बताउँदै अध्यक्ष तिवारीले यहि मङसिर ६, ७ र ८ गते आयोजना गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा शैक्षिक महोत्सवको समापनमा स्याङ्जाका ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही पन्ध्र हजार रुपियाँले पुरस्कृत गरिने बताए ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।
आईसीसी महिला यु-१९ विश्वकपका लागि छनोट भएको नेपाली यु-१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएका थिए । स्याङ्जा जिल्ला क्रिकेट सङ्घसहित यहाँका खेलप्रेमी युवाले उपाधि जितेका महिला क्रिकेटर खेलाडीलाई पोखरा विमानस्थलदेखि मोटरसाइकल र्यालीसहित स्याङ्जा ल्याएका थिए ।
राजमार्गमा पर्ने स्थानीयबासीसहित स्याङ्जा जिल्ला क्रिकेट संघ, जिल्ला खेलकुद विकास समितिले भव्य स्वागत, सम्मान र बधाईसहित यहि सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा हुने विश्वकप प्रतियोगिताको उपाधि विजेताको सुभकामना दिएका छन् ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यु-१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको र महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापाले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु