खुमा अर्याल फाउन्डेसनले विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ ।
फाउन्डेसनको छैठौं स्थापना दिवसको अवसरमा भीरकोट नगरपालिका -७ बलमाटामा अवस्थित कालिका बहुमुखी क्याम्पसमा विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गर्ने फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा यहि मङ्सिर ५ गते खुला रक्तदान तथा नि : शुल्क स्वास्थ्य शिविर गरिने भएको हो ।
स्थापना दिवसको अवसरमा संचालन हुने शिविरमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो एक्सरे सेवा तथा फार्मेसी सेवाहरु प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।
शिविरमा उपचार गराउन आउने बिरामीको थप उपचार गर्नु परेमा गण्डकी मेडिकल कलेज तथा युनिभर्सल मेडिकल कलेजमा विशेष छुटसहित उपचार व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
नेपालका बौद्धिक, सफल व्यवसायी एवं समाजसेवी खुमा अर्यालको नाममा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कामहरू गर्दै आइरहेको छ ।
शिविरमा आउने बिरामीहरुलाई मध्यनजर गर्दै अर्जुनचौपारी, करेन्डाँडा र बयरघारीबाट नि : शुल्क यातायातको व्यवस्था समेत गरिएको फाउन्डेसनका सचिव ध्रुव शर्माले बताए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’