गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । भाइरल रोड भनेर चिनिने पोखरा हेम्जाको सडकमा दुर्घटना पनि बढ्दो छ । पोखरा वडा नं. २५ स्थित हेम्जाको सापकोटाचोक नजिकै मध्यराती भएको दुर्घटनामा लोकदोहोरी गायकको मृत्यु भएको छ ।
सोमबार मध्यराति २ बजेतिर स्कुटर दुर्घटनामा परी कास्की नौडाँडाका २७ वर्षीय किरण अधिकारीको घटनास्थलमै ज्यान गएको हो ।
चिप्लेढुंगाको गाउँशहर दोहोरी साँझमा गीत गाउँदै आएका किरण ड्युटी सकिएपछि साथीलाई छाड्न हेम्जा गएको बुझिएको छ । साथीलाई मिलनचोक नेर घर छाडेर फर्कदैं गर्दा मोडमा आइपुग्दा सिधै फलामेबारतिर ठोक्किन पुगेको घटनास्थलको निरीक्षण गर्दा देखिन्छ ।
स्थानीयका अनुसार घुम्तीनेरको सडक छेउको फलामे बारमा ठोक्किएर अधिकारीको टाउको फुटेको थियो ।
मध्यराति सडकबाट ठूलो आवाज आएपछि स्थानीयहरू सडकमा पुगेका थिए । त्यतिबेला किरण बसेझैं अवस्थामा भेटिएका थिए तर टाउको फुटेर गिदी निकै परसम्म छरिएको थियो । स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेर हेर्दा सडक छेउको फलामे रेलिङमा कपाल र तलतिरका रुखसम्म गिदी छरिएको अवस्थामा भेटिएको थियो ।
वडा अध्यक्षले बत्ती पनि राखिदिएनन्
स्थानीयले हेम्जाको फराकिलो सडकमा लगातार दुर्घटना हुँदा स्थानीय सरकार गम्भिर नभएको बताएका छन् ।
एक स्थानीय महिलाले वडा नं. २५ का वडाध्यक्ष मोति तिमिल्सिनासँग पटक पटक सडक बत्ती जडान गरिदिन माग गरेपनि सुनुवाई नभएको गुनासो गरिन् । उनले भनिन् – ‘आफ्नो तिर चाहिँ गल्लीमा पनि बत्ती जोडेका छन् । यस्तो ठूलो राजमार्गमा दायाँबायाँ बत्ती छैन । ४–५ पटक पुगिसक्यौँ तर वडा अध्यक्षले गरिदिएनन् ।’
सडकमा सीसी क्यामेरा पनि नराखिएको स्थानीय बताउँछन् । सीसी क्यामेरा भएको भए दुर्घटनाको अवस्था र कारण पत्ता लाग्ने उनीहरुले बताए । पोखरा २५ का वडाअध्यक्ष तिमिल्सिना महानगरकै प्रवक्ता हुन् ।
शोक नमनाउने दोहोरी साँझ सञ्चालकप्रति असन्तुष्टि
दोहोरी साँझमा मध्येरातसम्म खटिने नवोदित गायक किरण अधिकारीको निधन भएपछि लोकदोहोरी सम्बद्ध संघसंस्थाले शोक विज्ञप्ति जारी गरिरहेका छन् । यस्तै, पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङ (भीम) र सचिव दिलु लामा मोक्तानले पनि श्रद्धाञ्जली व्यक्त गर्दै आज मंसिर ४ गते पोखरामा सञ्चालित सम्पूर्ण दोहोरी साँझहरु बन्द गर्न भनेका छन् ।
यद्यपी, कतिपय दोहोरी साँझहरु खुलेकोमा लोकदोहोरी कलाकारले असन्तुष्टि व्यक्त गरेका छन् । दोहोरी साँझ धेरैजसो यसै क्षेत्रमा लागेका र संघसंस्थाकै जिम्मेवार व्यक्तिहरुले नै चलाएका छन् । कलाकारको दुःखद निधन हुँदासमेत उनीहरुले रंगरमाइलो गरिने दोहोरी साँझ बन्द नगरेको पाइयो ।
लोकदोहोरी गायक कृष्ण सुवेदीले फेसबुकमा स्टाटस नै लेखेर खुलेर बिरोध गरेका छन् । उनले भनेका छन्ः ‘ दोहोरी गायक प्रिय भाइ किरणको निधनले हामी स्तब्ध छौँ । यस्तो दुःखद घडीमा एक दिन पनि शोक मनाउन नसक्ने दोहोरि साँझका सञ्चालक र त्यहाँका कलाकारहरूलाई मर्न पर्दैन अरे ?’
पैसा विना मरेकाहरु विरुद्ध थप तीतो ओकलेका छन् – ‘बरु, पृथ्वी चोकमा थाल थापेर माग्न बसे हुन्छ । अलिकति मानवता खै?’
दिपक अर्याल, तुलसी क्षेत्री, हिरा परियार, मीना अधिकारी, पवित्रा आलेमगर, तुल बहादुर परियार, हरि न्यौपाने, नवु सुवेदी, शेषकान्त भट्टराई, जीवन गुरुङ, सुनिता क्षेत्री, गोविन्द चापागाईं लगायतले दोहोरी सञ्चालकहरु प्रति असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका छन् ।
कृष्णको स्टाटसपछि डाँडाघरे दोहोरी साँझका सञ्चालक होम गुरुङले कृष्णसहित केहीलाई ट्याग गर्दै स्टाटस लेखेका छन्ः ‘… आज एउटा कलाकार मर्दा धेरै साथीहरूले फोन, एसएमएस, प्रत्यक्ष गरेर सोध्नुभो दोहोरी किन बन्द नगरेको ? मैले पहिला कलाकार भएर सोचेँ, अनि दोहोरी व्यवसायी भएर । के दोहोरी बन्द गर्दैमा उहाँको आत्माले शान्ति पाउछ त ? बन्द गर्न पर्न हो त ? अब केही परिवर्तन सकारात्मक सोच ले सोचम् । आज कलाकार मर्दा मात्र दोहोरी बन्द किन ? त्यहाँका वेटर, बार, गाड, किचन सबै मिलेर नै दोहोरी चलेको हैन र ? आज कलाकार मर्दा मात्र किन दबाब र प्रश्न ?’
किन दवाव र प्रश्न ? भन्दै निकै रूखो हिसाबले आफ्नो धारणा लेखेका उनको जस्ताको तस्तैः
आएका कमेन्टहरुमा दोहोरीसाँझमा अरु गर्ने नभई गीत गाउने, नाच्ने, रंगरमाइलो गर्ने हुँदा मान्छे मरेका बेला यस्ता कार्य एक दिन नगरेर शोक मनाउँदा राम्रो हुने आशय देखिन्छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’