आईसीसी यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीहरु खुमा अर्याल फाउन्डेसनद्वारा सम्मानित भएका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहेको फाउन्डेसनले संस्थाको छैठौं स्थापना दिवसको अवसर पारेर खेलकुदमा स्याङ्जाको इतिहास रच्दै विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।
सम्मान – पत्रसहित स्याङ्जाका ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो भने जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान पत्रले सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।
यहि सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।
यसैगरी, संस्थाको छैठौं स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ ।
भीरकोट नगरपालिका -७ बलमाटामा अवस्थित कालिका बहुमुखी क्याम्पसमा विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ भने भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका ६६६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
स्थापना दिवसको अवसरमा संचालित शिविरमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो एक्सरे सेवा तथा फार्मेसी सेवाहरु प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’