आईसीसी यु-१९ विश्वकप खेल्ने गण्डकीका महिला क्रिकेट खेलाडी र जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्षलाई स्याङ्जामा सम्मान गरिएको छ ।
खेलकुदमा आफ्नो जिल्ला, प्रदेश मात्रै नभई देशकै इतिहास रच्दै विश्वकप खेल्ने गण्डकी प्रदेशका महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको रोशनी अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका सहायक प्रमुख अनुपम मरासिनीले जानकारी दिए ।
गण्डकी प्रदेशका खेलाडी मध्ये पोख्रेली चेली रचना चौधरी, स्याङ्जाली चेलीहरु ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदार साथै स्याङ्जामा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिएर जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलिमा पुर्याउन सफल जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई प्रोत्साहन स्वरुप जनही २० हजार रुपियाँले सम्मान गरिएको मरासिनीले बताए ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।
यहि आगामी सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?