आईसीसी यु-१९ विश्वकप खेल्ने गण्डकीका महिला क्रिकेट खेलाडी र जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्षलाई स्याङ्जामा सम्मान गरिएको छ ।
खेलकुदमा आफ्नो जिल्ला, प्रदेश मात्रै नभई देशकै इतिहास रच्दै विश्वकप खेल्ने गण्डकी प्रदेशका महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको रोशनी अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका सहायक प्रमुख अनुपम मरासिनीले जानकारी दिए ।
गण्डकी प्रदेशका खेलाडी मध्ये पोख्रेली चेली रचना चौधरी, स्याङ्जाली चेलीहरु ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदार साथै स्याङ्जामा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिएर जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलिमा पुर्याउन सफल जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई प्रोत्साहन स्वरुप जनही २० हजार रुपियाँले सम्मान गरिएको मरासिनीले बताए ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।
यहि आगामी सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो