अर्जुनचौपारी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु भएको छ ।
पालिकाको खेलमैदानमा बिहीबारदेखि शुरु भएको उक्त महोत्सव मङ्सिर ८ गतेसम्म संचालन हुनेछ । उक्त महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगिता हुनेछन् ।
कक्षा –१ देखि कक्षा –५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य प्रतियागिता रहनेछन् भने कक्षा –६ देखि कक्षा –१२ सम्म विभिन्न दुरीमा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, डोरी तान्ने र भलिबल खेल हुनेछन् ।
४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा पालिकाभित्रका ३३ विद्यालयका कक्षा –१ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागी रहेको छ ।
आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा आईसीसी महिला यु-१९ विश्वकपका लागि छनोट क्रिकेट खेलाडीलाई गाउँपालिकाले पुरस्कृत गरेको छ ।
विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडी ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही पन्ध्र हजार रुपियाँसहित सम्मान पत्र र जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा