फेदीखोला गाउँपालिकाको आयोजनामा २ दिने वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय वन परिषदको सचिवालय फेदीखोलामा सूचीकृत सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरुलाई समेटेर २ दिने वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।
सामुदायिक वन क्षेत्रमा पाइने वन पैदावार, कु काठ तथा गैह्र काठजन्य वन पैदावारमा आधारित सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको सहभागितामा सहकारी स्थापना गरी वन उद्यम स्थापना गर्ने, रोजगार सृजना गर्दै आर्थिक उपार्जनमा सहजै जोड्ने हेतुले कार्यक्रम संचालन गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देऊ कुमारी गुरुङ, वडा अध्यक्ष ख्याम नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो । फेदीखोला गाउँपालिकाका अध्यक्ष तथा वन परिषदका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल, काठमाडौंका वासुदेव घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए । ग्रीन फाउन्डेसन नेपाल, काठमाडौंको प्राविधिक सहयोग रहेको कार्यक्रम हिजो र आज गरी २ दिन संचालन भएको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा