पोखराको एक होटेलका कोठामा बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले गएराति ३ युवतीलाई पक्राउ गरेको छ ।
चार जना बालिकालाई कोठाहरुमा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती बालिकाहरूको उद्दार गरेको हो ।
प्रहरीले गोरखाको पालुङ्टार गा.पा. वडा नं.४ स्थायी घर भई हाल लेकसाइड बस्ने १९ वर्ष ममता तामाङ, मकवानपुर बाग्मती गापा वडा नं.८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ कपन बस्ने २३ वर्षे रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्दु न.पा. वडा नं.१० स्थायी घर भई हाल लेकसाइड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उद्दार गरिएका बालिकाहरुहरुसँग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुविधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा दिन (पाँच) ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी वसन्तकुमार शर्माले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु