माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे–४, लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुलले जितेको छ ।
पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा महत्वपूर्ण खेलमा ५ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गरी उपाधि चुमेको छ । रनिङ शिल्डसंगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
५ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी माछापुच्छ्रे मावि दोस्रो भएको छ । बराह माविले ४ स्वर्ण, ७ रजत र २ कास्यका साथ तेस्रो स्थान पाप्त गरेको छ । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपैंया र साथमा ट्रफी, पुरस्कार पाप्त गरेका छन् ।
उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा/छात्र , कबड्डी छात्रा/छात्र , एथलेटिक्स दौड ट्रयाक १००, २००, ४००, ८००, १५०० र ३००० मि. साथै छात्रा/छात्र ४ ×१०० मि.रिले, ४×४०० मि.रिले, छात्रा/छात्र, हाइजम्प , लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम ब. गुरुङले बताए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
सरकारले विद्यालयबाटै खेलकुद प्रतिभाको खोजी गर्दै सम्वर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्यसहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।
गाउँपालिका अध्यक्ष मिन ब. गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक विष्णु प्र. अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ