बाग्लुङ । शुक्रबार मध्येरात बडिगाड र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा बडिगाड खोला थुनियो ।
मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले खोला नै पुरै थुनिँदा माथि खोला आसपासका ढोरपाटन नगरपालिका २ सिमलचौरका चार घर डुबानमा परे । खोला नजिक रहेका घर, गोठ सबै पुरै डुबे ।

७ घण्टापछि बिहान बल्ल तालको पानी बिस्तारै ओभर फ्लो भएर बग्न थाले । खोला थुनिएपछि खोला थुनिदा दुई किलोमिटर माथिसम्म पानीको ताल फैलियो । पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन एक साता करीब लाग्ने देखिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

थुनिएको खोलाले बिस्तारै आफ्नो बहाव ल्याउन थालेकाले ठूलो जोखिम टरेको उनले बताए । ठूला ढुगांसहित खोला थुनिएकाले फुट्ने सम्भावना नभए पनि तल्ला तटीय क्षेत्र भीमगिठे, खाल, खार लगायतका बासिन्दालाई बिशेष सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो ।

पहिरो खसेर ताल बनेको क्षेत्रमा बाग्लुङ सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसहितको टोली विहानै पुगिसकेको थियो ।

ढोरपाटन २ सिमलचौर चुरा बहादुर कुमालको गोठ सहित ३ गोरु तालमा पुरिए, देविराम कुमालको दुईतले टिनको छानो भएको घर गोठ, कृष्ण बहादुर कुमालको घर गोठ र राम बहादुर कुमाल गोठ पुरियो । स्थानीयले महत्त्वपूर्ण सामान भने निकालेका थिए ।

मध्यपहाडी लोकमार्गको ठुलो भ¥याङ खण्डको सडक भदौ २३ गतेबाट विहान ७ बजे देखी साँझ ४ बजेसम्म यातायात ठप्प पारी स्तरोन्नति गर्ने कार्य भैरहेको अवस्थामा यो भीषण पहिरो खसेको हो ।

विगत वर्षहरुमा गल्कोट नगरपालिका ११ रिघाको मनेवामा पनि लोकमार्ग निर्माण गर्ने ठेकदारहरुले जथाभावी सडक नालीबाट गिट्टी, बालुवा, ढुंगाहरु उत्खनन गर्दा सुख्खा पहिरो गएर दरमखोला पूर्णरुपमा थुनिएर विशाल ताल बनेपछि स्थानीयवासी एवं गुल्मीको मुसिकोट वामीटक्सारबासीले ठुलो क्षती व्यहोर्नु परेको थियो ।

ईबाग्लुङ डटकमको सहयोगमा ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो