स्याङ्जाको कालीगण्डकी नदीमा तीन लाख भन्दा बढी माछाका भुरा छाडिएको छ । खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहँदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागि कालीगण्डकी नदीमा माछाका भुराहरु छोडिएको हो ।
नेपालकै पहिलो तथा ठूलो जलविद्युत कालीगण्डकी ‘ए’ मत्स्य ह्याचरी सेवाले माछा मारेर आफ्नो जिविकोपार्जन गर्दै आइरहेका बोटे समुदाय र प्राकृतिक वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्य अनुरुप ड्यामसाईड आँधीमुहानमा माछाका भुराहरु छोडेको हो ।
स्थापना कालदेखि नै मत्स्य ह्याचरी निर्माण गरी माछाका भुराहरु उत्पादन पश्चात हरेक वर्ष कालीगण्डकी नदिका विभिन्न स्थानमा प्राधिकरणले माछाका भुरा छोड्ने गरेको छ ।
यसवर्ष शहर, ठाडे, गर्दी र ठेड गरी चार प्रकारका ३ लाख ३५ हजार ५ सय माछाका भुरा छोडिएको हो ।
विगतका वर्षहरुमा १५ देखि २० लाख माछाका भुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदीहरुमा पठाउँदै आएको प्राधिकरणले यसबर्ष करिब ३० लाख माछाका भुरा उत्पादन हुने लक्ष्य राखिएको कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिए ।
ड्याम निर्माण हुँदा माछा माथि देखि तल तथा तलबाट माथि जाने क्रम रोकिने हुँदा माछा हराउँदै जाने समस्या वृद्धि भएको तथा माछाकै भरमा आफ्नो जिविका चलाईरहेका वोटे समुदायलाई मध्यनजर गर्दै प्राकृतिक रुपमा रहेका माछाहरु कम हुनबाट जोगाउने उद्देश्यले वार्षिक रुपमै नदिमा माछाको भुरा छोड्ने गरिएको प्रधिकरणले जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा