पोखराको फिर्के पुलबाट मोटरसाइकल खस्दा तीन जना घाइते भएका छन्।
गएराति समयमा पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको ग८प ४९०७ नम्बरको बाइक अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्की प्रहरीले जनाएको छ ।
बाइक पुलबाट तल खोल्सामा खसेकामा सवार तीन जना गम्भिर घाइते भएका छन् । ढाँड भाँच्चिएको, करङ भाँच्चिएको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो । उनीहरूकाे अहिले उपचार भइरहेको छ ।
थप विवरण आउन बाँकी छ ।
पोखरा महानगरपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ।
पोखराको जिरोकिलोमिटरदेखि बिन्दवासिनीसम्म चार लेनको सडक बनेको ८ वर्ष भयो । यस क्षेत्रमै सबैभन्दा आकर्षक फराकिलो उक्त सडकखण्डमा सडक मात्र बन्यो तर बीचमा पर्ने फिर्के पुल भने उस्तै छ । नजिकै अर्को फराकिलो पक्की पुल बनाउने काम सुरु भएपनि अझै बनिसकेको छैन ।
अहिलेको पुलमा एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ । बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेनतर्फ जानुपर्ने हुन्छ तर फराकिलो सडकमा तीब्र गतिमा गुडेका सवारी नियन्त्रण गुमाउँछन् अनि खोलामा खस्छन् । वर्षेनी दुर्घटना भईरहेको छ ।
पुल नजिकै घर भएकी पत्रकार कञ्चन थापाले पुलमा दुर्घटना बढेको कारण सरोकारवालाको ध्यानाकर्षण जनाएको दशक पुग्न लाग्यो । तर, समस्या जस्ताको तस्तै भएपछि आफूलाई दिक्क लागेको सुनाउँछिन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो