पोखरा । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा परित्याग गरी ३ सय ६७ युवा मंगलबार नेकपा (एमाले) प्रवेश गरेका छन् ।
कास्कीको मादी ९ का युवा नेता कृष्ण थापाको नेतृत्वमा सचिन गुरुङ, राहुल कार्की, मनिष ठकुरी, सुजन गुरुङ, शंकर क्षत्री, श्याम थापा, सुजन राना, साजन गुरुङ, प्रविण अधिकारी लगायतका युवालाई पार्टीका उपमहासचिव तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा औपचारिक रुपमा स्वागत गरे ।
उपमहासचिव गुरुङले सरकारले सूचना र प्रविधि (आइटी)को विकासमार्फत ५ लाखलाई रोजगारी दिने बताए । उनले आइटीबाट आगामी २ देखि ३ वर्षमा ३ देखि ५ लाखलाई रोजगारी दिने योजना सुनाए ।आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हँुदा युवालाई केन्द्रीत गरेर फेदीखोलामा सीपमूलक तालिम केन्द्र खोल्ने र पोखरा १८ जामुनबोटमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना अगाडि सारेको जानकारी दिदै उनले प्रविधि क्षेत्रको विकास गरेर एउटै घरबाट २५ देखि ५० हजार युवालाई रोजगारी दिने परिकल्पना मन्त्रालयले गरेको उल्लेख गरे ।
मन्त्री गुरुङले सूचना र प्रविधि क्षेत्रको विकास गरेर भारतको बैंगलोरमा एउटै घरबाट १ लाख ५० हजारलाई रोजगारी दिने गरेको स्मरण गरे । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले विकास खर्च बढाएर रोजगारीको अवसर सिर्जना गर्न खोजेको जनाए । साढे १८ खर्बको बजेटमा अहिले ३ खर्ब विकास खर्च गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । गुरुङले सरकारले विकास खर्च बढाएर ९ खर्ब पु¥याउने दाबी गरे ।

उनले भौतिक पूर्वाधारको विकास तथा पुँजीगत खर्च गरेर रोजगारी बढाउन सकिने उल्लेख गरे । मन्त्री गुरुङले उद्यमशीलता विकास तथा रोजगारीको सिर्जना गरी युवा देशमा बस्ने वातावरण बनाउन सरकारले ध्यान दिएको प्रष्ट पारे ।
मन्त्री गुरुङले विकास, निर्माणमा बाधक रहेका सार्वजनिक खरिद ऐन, वन ऐन, विद्युत ऐनलाई संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गरिने जनाए । उनले आम युवाले सही शक्तिका रुपमा एमालेलाई रोज्ने गरेको दाबी गरे । मन्त्री गुरुङले एमालेले महिमा जगाएर युवालाई गरी खाने बाटो देखाउने जनाए ।
युवालाई गलत दिशातर्फ धकेलेर भड्काउने काम भइरकेको आरोप लगाउँदै उनले एमाले कांग्रेस लगायतका मुल धारका राजनीतिक पार्टीले पञ्चायती व्यवस्था फाल्न गरेको संघर्षको कथा युवाले थाहा पाउनुपर्नेमा जोड दिए ।
आम युवाको प्रवेशले एमाले बलियो भएको उल्लेख गर्दै मन्त्री गुरुङले बेरोजगारी, व्यवसायमा समस्या, प्रशासनिक, राजनीतिक र कानुनी झमेला परे एमालेलाई सम्झन आग्रह गरे । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिइने वाचा गरे । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी उपसचिव दामबहादुर विक, कमिटीका सचिवालय सदस्य टीकाराम पंगेनी, मध्य नेपाल नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप थापा, युवा नेता कृष्ण थापा लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन