स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई उद्यम सिकाउने अभियान थालेको छ ।
‘एक विद्यालय, अनिवार्य एक उद्यम’ कार्यक्रमलाई अभियानका रुपमा गाउँपालिकाले अगाडि बढाएको हो । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक सीप सिकाएर उद्यममा जोड्नका लागि यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
गाउँपालिकाले वडा नं २ मा रहेको महेन्द्र जनसहयोग आधारभूत विद्यालयबाट यो कार्यक्रम सुरुवात गरेको हो । यो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको छ भने ६ देखि ८ सम्मका विद्यार्थीलाई उद्यम सिकाउने गरिएको छ ।
सुवेदीका अनुसार विद्यालयमा हप्ताको एक दिन विद्यार्थीलाई व्यावहारिक सिप सिकाउने तालिका बनाइएको र उक्त दिन विद्यार्थी किताब नलिइ विद्यालय पुग्छन् । स्थानीय उत्पादन र उपलब्ध कच्चा पदार्थको प्रगोग गरी दुना, टपरी, कृषिजन्य उत्पादन तथा बाटेको धूप बनाउन विद्यार्थीलाई सिकाउन गरिएको छ ।
उनले विद्यालय सुधार योजनामा विद्यालयहरुले उद्यमलाई समेट्नुपर्ने र गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए । एउटा विद्यालयलाई एउटा उद्यममा जोड्ने गरी गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ ।
‘विद्यालयलाई सम्भावित उद्यमको पहिचान गरी गाउँपालिकामा पेश गर्न भनिएको छ,’ अध्यक्ष सुवेदीले भने,‘ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रमको शीर्षक बजेटबाट आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।’
वडा नम्बर २ का वडाध्यक्ष अभिलास गुरुङसहित वडा समितिले पनि यो कार्यक्रम अगाडि बढाउन सक्रियता देखिएको उनको भनाइ छ । वडा नम्बर २ का थप २ माविमा यो कार्यक्रम लागू गर्ने तयारी समेत भएको छ ।
फेदीखोला गाउँपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् भने ती मध्ये १० वटा मावि छन् । माध्यामकि विद्यालयका ६ देखि ९ सम्मका विद्यार्थीलाई उद्यममा जोड्ने गरी कार्यक्रम अगाडि बढाइएको हो ।
निकट भविश्यमा वडा नम्बर १ को चण्डीडाँडा मावि, वडा नम्बर २ को सिद्धार्थ मावि र कालाभैरव मावि, वडा नम्बर ३ को जनप्रिय मावि, ४ को जनआदर्श मावि, वडा नम्बर ५ को मैदान माविमा पनि ‘एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम’ लागू गरेर लैजाने तयारी भएको अध्यक्ष सुवेदीले बताए ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण