पोखरा महानगरपालिका वडा नं. १२ कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ ।
वडाले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको एशियाकै ठूलो मानिएको शालिग्राम शिला सेतीवेणीमा वडाका ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको हो ।
विशेषगरी वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि विशेष दिन पारेर निःशुल्क रुपमा वडाले सेतीवेणी लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
सेतीवेणीको शालिग्राम शिलालाई विष्णु भगवानको अवतारका रुपमा लिने गरेको पाइन्छ । शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ ।
त्यस कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, बालाचतुर्दशी, नववर्ष, ठूला एकादशीमा भक्तजनहरुको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।
यसअघि वडाले लमजुङ जिल्लाको करापुटारमा रहेको प्रसिद्द धार्मिक स्थल इशानेस्वर मन्दिरमा ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको थियो ।
त्यसैगरी, ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गर्दै आएको थियो । त्यतिमात्र नभै वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको वडाध्यक्ष बास्तोलाले बताए ।
वडाले बालबालिकादेखि ज्येष्ठ नागरिक सम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाइ वडा सचिव शारदा सापकोटाको नेतृत्वमा सेतीवेणी पठाएको हो । पछिल्लो समय पोखरा १२ ले अन्य वडाको तुलनामा विभिन्न राम्रा कामहरू गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?