पोखरा महानगरपालिका वडा नं. १२ कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ ।
वडाले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको एशियाकै ठूलो मानिएको शालिग्राम शिला सेतीवेणीमा वडाका ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको हो ।
विशेषगरी वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि विशेष दिन पारेर निःशुल्क रुपमा वडाले सेतीवेणी लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
सेतीवेणीको शालिग्राम शिलालाई विष्णु भगवानको अवतारका रुपमा लिने गरेको पाइन्छ । शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ ।
त्यस कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, बालाचतुर्दशी, नववर्ष, ठूला एकादशीमा भक्तजनहरुको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।
यसअघि वडाले लमजुङ जिल्लाको करापुटारमा रहेको प्रसिद्द धार्मिक स्थल इशानेस्वर मन्दिरमा ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको थियो ।
त्यसैगरी, ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गर्दै आएको थियो । त्यतिमात्र नभै वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको वडाध्यक्ष बास्तोलाले बताए ।
वडाले बालबालिकादेखि ज्येष्ठ नागरिक सम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाइ वडा सचिव शारदा सापकोटाको नेतृत्वमा सेतीवेणी पठाएको हो । पछिल्लो समय पोखरा १२ ले अन्य वडाको तुलनामा विभिन्न राम्रा कामहरू गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो