सुन्दरकुमार थकाली, मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरको दृष्य खिच्दै गरिएको ड्रोन क्यामेराको फुटेज हटाईएको छ ।
भारतको अस्त्रधाम देखि मुक्तिनाथ दर्शनका लागि आएका करिव ५ दर्जन स्वामी पहिरनको पहिलो बस्त्र लगाएका भारतिय टोलीका केही सदस्यले शनिबार ड्रोन मार्फत मुक्तिनाथ परिसरको दृष्य खिचेका थिए । टोलीका स्वामी चरणदाश सहितका केही सदस्यहरुले बिना अनुमति दृष्य खिचेको पत्तो पाएपछि तत्काल उनीहरुले प्रयोग गरेका दृष्य सामाग्री प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
उनले कागबेनी देखि माथि एक्यापको संरक्षितक्षेत्र भएको तथा ड्रोन मार्फत दृष्य खिच्न मनाई भएको उल्लेख गरे । खड्काका अनुसार भारतिय पर्यटकले दृष्य खिच्न प्रयोग गरिएका ड्रोन क्यामेराको संम्पूर्ण फुटेस हटाई सम्झाई बुझाई छाडिएको जनाए ।
छिमेकी मुलुकका धार्मिक पर्यटकले अन्जानमा गरेको सानो गल्तिलाई दुख दिन उचित नभएकाले यसो गरिएको डिएसपी खड्काले बताए । उनीहरुलाई मुक्तिधामको दृष्य खिच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मुक्तिनाथले नियन्त्रणमा लिएको थियो ।यता भारतिय टोलीका स्वामी चरणदाशले मुक्तिनाथक्षेत्रमा ड्रोन मार्फत फोटो खिच्न कहिकतै सूचना नटासिएकाले आफुहरुले तस्विर खिचेको बताए । ‘पब्लिक जानकारी हुनुपथ्र्यो भएन । रोकतोक छैन होला भनेर आफुहरुले ड्रोनबाट फोटो खिचेका हौ ।’ दाशले भने ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ