महेन्द्र जिसी, पर्वत । दुई सातादेखि कार्यालय प्रमुखको टुङ्गो नलाग्दा जिल्ला जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय उद्घाटन हुन सकेको छैन । प्रमुख नै नभएपछि क्षमता बढाइएको पर्वतको कार्यालय उद्घाटन हुन नसकेको हो । विभागबाटै कर्मचारी तय नभएका कारण उद्घाटनको तयारी भएको कार्यालयको ढोका नउघारिएको हो ।
गएको चैत्र २८ गते देखि खारेजीमा परेको कार्यालय भदौको पहीलो सातामा उद्घाटनको तयारी भईसकेको भएपनि प्रमुख कार्यालयमा नआएका कारण उद्घाटन हुन नसकेको कर्मचारीहरुले बताएका छन् । विभाग नै परिवर्तन भएको र क्षमता बढाइएका कारण पुराना खाता बुझाउनु पर्ने भएपछि बहालवाला प्रमुख बंशिहरी कोईराला महिना दिन अगाडी नै सरुवा भएपछि कार्यालय प्रमुख विहीन भएको हो । कार्यालया सुब्बा डण्डपानी शर्माले एक सातामा प्रमुख आईपुग्ने र कार्यालय उद्घाटन हुने बताए ।
कार्यालय उद्घाटन नहुँदा कार्यक्रम पनि नआईसकेका कारण कर्मचारीहरुले दिनभर बसेर दिन कटाउँदै आएका छन् । नाम परिवर्तन गरीएको कार्यालय उद्घाटन नहुँदा कार्यक्रम पनि परिर्वतन हुने भएपछि पुराना आयोजनाको काममा समेत हात हाल्न नसकेको कर्मचारीहरुले बताएका हुन् ।
अहिले कार्यालयमा रहेका पाँच जना कर्मचारी दिनभर कार्यलयमा आएर बसेर मात्र दिन कटाउँदै आएका हुन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा