कालीगण्डकी गाउँपालिका छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव -२०८१ को उपाधि वडा -७ ले जितेको छ ।
कालीगण्डकी गाउँपालिका -७ मिर्मी खेलमैदानमा संचालित अन्तर वडा स्तरीय अध्यक्ष कप तथा खेलकुद महोत्सवमा वडा -७ ले ६ स्वर्ण, ८ रजत र १ कास्य पदकसहित १५ पदकले उपाधि जितेको हो ।
आयोजित अध्यक्ष कप तथा खेलकुद महोत्सवमा उपविजेता वडा -४ ले ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित १२ पदक हासिल गरेको छ । तेस्रो बनेको वडा -५ ले ४ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित १० पदक प्राप्त गरेको छ ।
गाउँपालिकाले खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गरेको हो । शुक्रबारदेखि संचालित छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सवमा महिला/पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल भएका थिए ।
सात खेल २२ विधामा प्रतिस्पर्धा भएको खेल महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडीको सहभागिता रहेको पालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।
विगत सात वर्षदेखि प्रतियोगिता भइरहेको अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई गण्डकी प्रदेश सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन