कालीगण्डकी गाउँपालिका छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव -२०८१ को उपाधि वडा -७ ले जितेको छ ।
कालीगण्डकी गाउँपालिका -७ मिर्मी खेलमैदानमा संचालित अन्तर वडा स्तरीय अध्यक्ष कप तथा खेलकुद महोत्सवमा वडा -७ ले ६ स्वर्ण, ८ रजत र १ कास्य पदकसहित १५ पदकले उपाधि जितेको हो ।
आयोजित अध्यक्ष कप तथा खेलकुद महोत्सवमा उपविजेता वडा -४ ले ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित १२ पदक हासिल गरेको छ । तेस्रो बनेको वडा -५ ले ४ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित १० पदक प्राप्त गरेको छ ।
गाउँपालिकाले खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गरेको हो । शुक्रबारदेखि संचालित छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सवमा महिला/पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल भएका थिए ।
सात खेल २२ विधामा प्रतिस्पर्धा भएको खेल महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडीको सहभागिता रहेको पालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।
विगत सात वर्षदेखि प्रतियोगिता भइरहेको अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई गण्डकी प्रदेश सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ